कारण एउटा खोज्दै छु म
कारण एउटा खोज्दै छु म
एकान्तमा एक्लै बसी टोलाउनलाई
हारेको जीवन, छुटेको प्रेम
पापी पाइला सबै भुलाउनलाई
उभो शीर राखी सब दोष आफैँ लिन्छु
अन्धा आँखाले सपना म किन देखूँ
इमान्दारीताले घमण्ड दिन्छ, निर्दाेषताले भावना
लाचारीपना आफ्नो म किन ढाटूँ
हुन त अधरहरू मेरा हाँस्दछन्, तर त्यो हासाँे होइन
मृत्युकी परी चुम्न खोज्छिन्, विल्कुल त्यो साँचो होइन
मध्यरातमा जुरेलीले गाएको
वा माइली दाइले वेदना पाएको
रानीपुतली मेरो सामुन्ने आएको
वा काली गुलाबले कष्ट पाएको
कारण एउटा खोज्दै छु म
एकान्तमा एक्लै बसी टोलाउनलाई
हारेको जीवन, छुटेको प्रेम
पापी पाइला सबै भुलाउनलाई
No comments:
Post a Comment