Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

सपनाको एक दोष

सपनाको एक दोष

कस्तो सपना देखेँ हिजो राती लौ न
थाहा छैन हुन्छहुदैँन यसरी सुनाउन
आएकी थिइन् एक परी मेरो नयनभरी
म निदाएको मौका पारी सुटुक्क केही भन्न

चमक थियो उनको त्यो सुन्दर मुहारमा
लुकेको थियो चाह त्यो बाटुलो अधरमा
जितेर थोरै बेइमानी लाजलाई
डो¥याउदैँ लगिन् अनकन्टार बगरमा ।

बलुवैबालुवाको वीचमा बसाइन उनले मलाई
सुनाएर स्वर्गका कथा हँसाइन उनले मलाई
अगाडी थियो समुद्र आँखाले देखेजत्ति पानी
घाम लाजले रातो भयो निर्लज्ज चन्द्रमा नानी ।

टिल्पिलटिल्पिल ताराहरू जिस्काउथेँ मलाई
उनीहरूकै लोककी केही फरक परेन उनलाई
फुत्किएर अगालोबाट मेरो समुद्रमा आफैलाई चोबाइन उनले
इसार दिदैँ हातले मलाई पनि त्यसै गर्न बोलाइन् उनले ।

पहिलो पल्ट देखेको समुद्रमा पौडन मलाई डर लाग्यो
त्यो नशालु पानीको भन्दा फुस्रो बालुवाकै भर लाग्यो
धेरै बल गरेँ आफैँलाई त्यो बगरमा अडाउन
तर बोलाहट थियो परीको एकै सासमा हाम फाल्न कर लाग्यो ।

नसोध साथी त्यसपछि के भयो लाज लाग्छ तिमीलाई सुनाउन
तर भन्नु जति सबै भनिसकेँ के नै बाकिँ छ र अब भन्न ।
म एक पुरmष उनी एक परी र प्रकृतीको नियम
थकथक म भएँ खुलेका आखाँसगैँ उनी बिलाइन् ।


No comments:

Post a Comment