एक टुक्रा भावना
जुन क्षणमा तिमीले यो ऐना हेर्न छोडिदियौ
त्यही क्षणमा त्यो दस टुक्रा भएर फुट्यो
र एक टुक्रा सम्हालेर म
बाँचिरहेछु ।
के बाध्यता परेको थियो
भन्दैभनिनौ
किन
ऐना न थियो,
जब तिम्रो छायाँ पथ्र्यो
तब मात्र जिवित हुन्थ्यो ।
तर्सेर भाग्यौ तिमी
किन
......................................................................................
निकै हिम्मत बटुलेर तिमीले भनेका शब्दहरू
झुठा थिए,
आडम्बरी ।
तर आखाँमा हेरेर बोलेकी थियौ
पत्याउन करै लाग्यो ।
नचाहेरै पत्याइदिएँ ।
दबाबको छहारीमा रटेका शब्दहरू
जस्ताको त्यस्तै दोहो¥याएकी थियौ ।
बन्द पिजँडभित्रकी मैनासरी
के नै गर्न सक्थेँ तर म,
आखाँबाट तिम्रो ढङ्गी नजर हट्दैहट्थेन
नचाहेरै पत्याइदिएँ ।
......................................................................................
गलत थियो त्यो
तिमीलाई पनि थाहा थियो
र तिमी पश्चतापमा जल्नेछौ
यो मलाई थाहा छ ।
अनि तिम्रो जलनलाई छोटो
सरल बनाउन
म एक टुक्रा बोकेर प्रतीक्षा गरिरहनेछु ।
सोचेको छैन एक टुक्रा तिम्रो बिम्ब झल्काउन काबील छछैन
सोचेको छैन एक टुक्रा तिम्रो बिम्ब झल्काउन काबील छछैन
तर तिमीले पुनः एकचोटी हेर्न मन गर्नेछौ
भन्ने विश्वासमा
त्यो टुक्रा सगाँलिराख्ने छु ।
सम्हालिराख्ने छु ।
सधैँभरि ।
No comments:
Post a Comment