नसा मेरो प्रेम
मढारिदैँ अन्धकार आफूसगँसगैँ बेरिन्छ
खिज्याएको हो कि तर्साएको
खै कस्तो कस्तो ?
समझ नै असन्तुलित बनाइदिने ।
अन्धकारमा अपूर्णताले निकै झकझकाउँछ
विना नसा यो रात झेली पठाउन सक्तिन ।
भोलि पनि आउने आजजस्तै अर्को दिन
विना नसा कुर्दै—जिउदैँ गर्न सक्तिन ।
वाह! आहा! छ्या! को लीलाचक्रमा
नसा मेरो प्रेम ।
नछुटेको चाहिँ !
हा हा हा !!!
No comments:
Post a Comment