पाँच बजे विहान (वाइवाइ फ्याक्ट्री)
त्यो अग्लो चिम्नि
महोत्वकांक्षी धूवाँ फुक्न थालिसक्छ
एका विहानै ।
कारखानाभित्र मज्दुरहरू
जिन्दगी र जिवन्तता दुवै
डढाउन पुगिसकेका छन्
एका विहानै ।
न कुनै विहानीको मूल्य छ
न कदर छ आधा डढेको जिवनको, क्षतविक्षत भावनाको ।
मूल्य र कदर छ त बजारमा
धनाड्य र उनीहरूको मह्त्वकांक्षाको, विलासिनताको ।
त्यो धूवाँको मुस्लो वरा
माथि माथि उड्दैछ
विकल्पहीन भएर अझ माथि
विचरा विलाउँछ आत्मग्लानीको कारण
किनकी उसलाई हजारौँ डढाएर उसले
दसलाई प्राण फुक्नुछ
मुनाफाको ।
अनि खै कहाँ भयो त्यहाँ परिवर्तन् ।
No comments:
Post a Comment