Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

निदरीको पर्खाइमा

निदरीको पर्खाइमा
आइन मेरो निदरी आज
मेरो कोठाको चार पर्खाल भित्र ।
सुनसान एक्लो आजको रातमा
भुलिछन् उनले आफ्नो मित्र ।।

सानो दियो बाल्याछु एउटा
हटाउन आज रातीको कालो ।
त्यस्कै उज्यालोमा पर्खदैँछु उसलाई
एकदुई गन्दै माकुराको जालो ।।

मनमा अनेक कुराहरू खेलाएर
कति कोल्टे मैले फेरेँ ।
आकिछन् कि कतै भनी
झ्याल उघारेर कति हेरेँ ।।

सुन्छु लाटोकोशेराहरू जुधिराछन् बाहिर
लडाईमा साथ दिराछन् कुकुर ।
मेरो युद्घ समयसगँ मात्र
टिकटिक घडीको मेरो शत्तुर ।।

पर्खदाँपर्खदै मेरी प्यारी निदरीलाई
घडीका काटाँहरू सबै अकाशिए ।
अझ लामो रात कुर्नुछ
सम्झिएर यो निकै अतासिएँ ।।

मेरी प्यारी साथी उनी
दिदौआछिन् हररात उनले साथ ।
भेट्न नआएको उनले मलाई
सम्झनामा छैन त्यस्तो रात ।।

आजसम्म कुर्नुपरेको थिएन कहिल्यै
यति अबेरसम्म कहिल्यै उनलाई ।
अल्मलिन् कि अन्घकारमा कतै
उज्यालोको कामना गर्छु जूनलाई ।।

अब थोरै मात्र कुर्नुछ
उनी चाडैँ भेट्न आउनेछिन् ।
समाई मेरो दाहिने हात
डो¥याउदैँ स्वप्न नगरीमा लानेछिन् ।।
आइन मेरो निदरी आज
मेरो कोठाको चार पर्खाल भित्र ।
सुनसान एक्लो आजको रातमा
भुलिछन् उनले आफ्नो मित्र ।।

सानो दियो बाल्याछु एउटा
हटाउन आज रातीको कालो ।
त्यस्कै उज्यालोमा पर्खदैँछु उसलाई
एकदुई गन्दै माकुराको जालो ।।

मनमा अनेक कुराहरू खेलाएर
कति कोल्टे मैले फेरेँ ।
आकिछन् कि कतै भनी
झ्याल उघारेर कति हेरेँ ।।

सुन्छु लाटोकोशेराहरू जुधिराछन् बाहिर
लडाईमा साथ दिराछन् कुकुर ।
मेरो युद्घ समयसगँ मात्र
टिकटिक घडीको मेरो शत्तुर ।।

पर्खदाँपर्खदै मेरी प्यारी निदरीलाई
घडीका काटाँहरू सबै अकाशिए ।
अझ लामो रात कुर्नुछ
सम्झिएर यो निकै अतासिएँ ।।

मेरी प्यारी साथी उनी
दिदौआछिन् हररात उनले साथ ।
भेट्न नआएको उनले मलाई
सम्झनामा छैन त्यस्तो रात ।।

आजसम्म कुर्नुपरेको थिएन कहिल्यै
यति अबेरसम्म कहिल्यै उनलाई ।
अल्मलिन् कि अन्घकारमा कतै
उज्यालोको कामना गर्छु जूनलाई ।।

अब थोरै मात्र कुर्नुछ
उनी चाडैँ भेट्न आउनेछिन् ।
समाई मेरो दाहिने हात
डो¥याउदैँ स्वप्न नगरीमा लानेछिन् ।।

No comments:

Post a Comment