परिचय ?
मध्यरातको सन्नाटामा
मसानको खरानीमाथि उदाङ्गो खुट्टा
आफ्नै अस्तित्वकके खोजीमा
हरेक पाइलामा अग्निको झिल्का निकाल्दै हिँड्ने
को हूँ म ?
अलौकिक सन्त्रासले
मानिसका पाइताला पुग्न डराउने स्थान
आफ्नै अस्तित्वको खोजीमा
प्रचन्ड वेगले वायुसगैँ डुलिहिँड्ने
के हूँ म ?
म हेरिन्छु, तर देखिन्न
म बोल्दिन, तर सुनिन्छु
म भेट्दिन तर पनि खोजिहिँड्छु
म पाउँछु अनि फेरी छोडिदिन्छु
किन हूँ म ?
न मभन्दा श्रेष्ठ कोही छ
न कोहीभन्दा श्रेष्ठ म छु
म छु एक छन् परिभाषा अनेक
सही छन् सब, तर अपुरा प्रत्येक
कसरी हूँ म ?
मजस्ता अरू पनि थुप्रै छन्
फेरि पनि म एक्लो छु
म सधैँ म नै हूँ
कहिले पुजिन्छु, कहिले थुकिन्छु
कहिले तिरस्कृत त कहिले बुझिन्छु
सब झुठ, सब गलत, सब आडम्बर ।
No comments:
Post a Comment