Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

कृपया नरोक आज मलाई

कृपया नरोक आज मलाई

कृपया नरोक आज मलाई
तिमीलाई एक तमाशले हेर्न चहान्छु ।
सुन्दरतामा तिम्रो लौ हराई
मीठो एउटा गीत आज गाउन चहान्छु ।।

आकाश्की परी हौ कि कतै तिमी
खेल्दाखेल्दै बाटो बिराई धर्तीमा झरेकी
अथवा हौ कि कतै त्यो जून
औधी सुन्दर भएर पनि एक्ली परेकी ।
कठै यो मनुष्यको पुत्रबाट
जान्न चहान्छु के छ तिमीले आशा गरेकी
आत्मा भए त लाऊ लैजाऊ
अन्यथा भए भन्नेथेँ तिम्ले गल्ती गरेकी ।।

रेशमी तिम्रो कालो केशमा
अल्झेको मेरो प्रीतको रहस्य बुझ्न चहान्छु
चञ्चल ती खरायोकाझैँ आखाँ
खै के भन्न खोजिरहेका छन् सुन्न चहान्छु ।
मोहिनी जालमा मलाई पार्ने
मायाको बल्छीले मलाई पासो थाप्ने
यो तिम्रो क्षणिक चाल हो कि
भरजुनी नमेटिने प्यास बुझ्न चहान्छु ।।

कृपया नरोक आज मलाई
तिमीलाई एक तमाशले हेर्न चहान्छु ।
सुन्दरतामा तिम्रो लौ हराई
मीठो एउटा गीत आज गाउन चहान्छु ।।


No comments:

Post a Comment