Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो

मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो

(क)
मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो
       आफूँलाई नै भुलाई म तिम्रो छायाँ बनिदिन्थेँ
       तिमीले गोप्यमा गर्ने कार्यहरू सबै म हेरिदिन्थेँ ।

       तिम्रो बन्द कोठामा झ्यालको पर्दा म बेरिदिन्थेँ
       तिमीले हेनेँ ऐनाको बिम्ब म फेरिदिन्थेँ ।
मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो ।।

  (ख)
 मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो ।
     आफूलाई नै बेचेर म संसार किनिदिन्थेँ
      कागजको थैलोमा पोको पारी पअर फालिदिन्थेँ

      दर्शन, ज्ञान र कला गाँजाको धूवाँसगैँ निलिदिन्थेँ
     हाँसीखुसी दुई मुठ्ठी सास निराकारलाई सुम्पिदिन्थेँ
मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो ।।

(ग)
मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो ।
    हृदय छोएका गीतहरू दोहो¥याईदोहो¥याई सुन्थेँ
    साथीभाइ आफ्नो बाँच्दैछन् मेरोलागि एकान्त चुन्थेँ

    पढी नसकेको शिरानीमुनीको पुस्तक पढिभ्याउथेँ
    आफूलाई सम्झिउन् भनि यसो एउटा कविता लेख्थेँ
मात्र यदी मेरो जीवन दुई दिनको हुन्थ्यो ।।


No comments:

Post a Comment