प्रकाशको अन्त्यबाट अँध्यारो सुरू हुन्छ ।
ठ्याक्कै उल्टो उस्तै हुदैँन ।
अँध्यारो नै थियो, अँध्यारो नै रहन्छ ।
आयू लिएर हर ज्योती जन्मन्छ ।
जन्मन्छ, मर्छ ।
जन्माउँछ, बाँच्छ ।
उज्यालो पो रहस्य ! अन्धकार हो जस्तो लाग्छ ।
तथ्य एक, सत्य अनेक, असत्य हजार ।
मेरो सत्य, तिमीलाई अपाच्य, म चुपचाप ।
दुरी । फाटो । पीडा ।
जन्म । जीवन । मृत्यु ।
अँध्यारो । मात्र । सत्य ।
आयू । सहित । ज्योती ।
No comments:
Post a Comment