मलाई मेरो डोपियो कपको एक सय तीस
र चुरोट बीसको तीनवटै ठीक छ ।
पेट्रोल लिटरको एकसय सत्तरी
र साधनको माइलेज चलीस पैंतालीस किमि प्रतिघन्टा नै उत्तम छ ।
सन्तुलित छ ।
बाटाहरू मेरा ग्राभेल होस वा कालापत्रे, जे होस् होवस् ।
गन्तव्य हरेक रात नयाँ मान्छेकाे मुस्कानमा होवस् ।
सुरुवात पनि दिनको त्यहीँबाटै होवस् ।
भोलि सधैँ अनिश्चित, अनिर्णित नै रहोस्
आज मेरा सधै दुर्बोध, अमूर्त नै रहुन् ।
तालमेल सब गजबै छ ।
केही छेस्का यताउता आवश्यक छैन ।
ढुलमुले पाङ्ग्रो, कुहिएको मुढो केही चाहिँदैचाहिँदैन ।
मलाई घामले पोलिरहेछ,
वर्षाले भिजाइरहेछ,
हावाले शितल दिइरहेछ ।
पानीले मेरो तिर्खा मेटिरहेकै छ,
भातले भोक मरेकै छ,
मेरो थकाईले निन्द्रा पाएकै छ ।
मेरो हातले दिईरहेछ ।
मेरो गोडा हिँडिरहेछ ।
मेरा कानले सुनिरहेछ ।
आँखाले देखिरहेछ ।
पुगेकै छ
।
No comments:
Post a Comment