शिरको टोपी भूइँमा झर्यो
निहुरिन छोड्दैन ।
त्याँ इँजार, फ्याँ फुक्ल्यो
लाजै मान्दैन ।
यसोउसो खै के कसो उस्को
फुर्सद कहिल्यै ...., अहँ ।
रूपियाँको स्वार्थमा मानवता बेच्छ
फाइँफुट्टी ज्यादा, ओहो, दम्भ !
याँ त्याँ गर्छ, भुलाउँछ, झुलाउँछ
विद्वानहरूको शहरमा अगुवा उही फेरी ।
समाजवादको सपना देखाउँछ,
पार्टीमा छ, राजनीती गर्छ, ठूलो मान्छे उही ।
No comments:
Post a Comment