सत्य-असत्यबीचको लडाई नै थिएन कहिल्यै । हुदैँन कहिल्यै ।
लड्ने सधैँ असत्य नै हुन्छन्,
सत्यको आवरण ओढ्न सबैले खोज्छन् ।
सत्य सोझो हुन्छ, लड्दै नलडी जित्ने गर्छ ।
सत्य के हो, कोही नजान्ला ।
सत्य के होइन, सबै जान्दछन् ।
पत्यार लागेन ?
नपत्याउदैँमा सत्यको साख गिर्दैन ।
सत्य अटल हुन्छ ।
No comments:
Post a Comment