सरल, समथल भोगाइ हुने थियो,
उबडखाबड, चोचेमेचे,
कथाभित्रको पात्रको जस्तो रङ्गिन पोतिएको हुने थिएन,
जमाना सगँसगैँ एउटै थालमा खाएर
सँगसँगै उठी, चुठी हिँड्न सकेको भए ।
भोक मिल्छ न गन्तव्य नै उही हो,
उत्प्रेरणा पनि अलग अलग आखीर,
हेल्लो हाइ जमाना, टाटा बाइ जमाना !
तर पनि ब्रहमाण्डमा कतै न कतै त म हुनै पर्यो
अवधूत बनेर समयको बहाव विपरित
आफूले आफैँलाई बलजफ्ती लतारेर
कतै ओबानो भूमीमा उभ्याउनु त छदैँछ ।
भदौको महिना, दिनभरको प्यारप्यारे झरी,
एकछिन यसो सुस्ताउन भनी बिजुलीको तारमा टुक्रुक्क बसेर
बाटामा रुमल्लिएका सवारीको तमाशा तारिफ गर्दै
मैना जोडीसँग भाग बाडीँ आयू छोडाएर खाँदै थिए
त्यहाँ पनि कुममा कुम मिलाउँदै मित्रहरू प्रतिस्पर्धा... ...
एकछिन,
कस्तो विरोधाभास !!
'मित्रहरू' अनि 'प्रतिस्पर्धा' सगँसगैँ ?!
प्रतिस्पर्धा त शत्रुसँग,
मित्रसगँ त सहकार्य !
सायद मन्दमन्द सङ्गत होला ।
त्यति पनि मैँले जमानासँग गरिनछु !।
No comments:
Post a Comment