Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

पर्खिएका दिनहरू सबै आए

पर्खिएका दिनहरू सबै आए
पर्खिएका दिनहरू सबै आए
कोही बेलामा आए, कोही अबेलामा आए
कोही चेतनामा आए, कोही अचेतनामा आए
कोही चहानामा आए, कोही घृणामा आए
तर जे होस्, पर्खिएका दिन सबै आए ।

आउँदो बैशाखमा एकसय तेइस वर्ष पुग्दैछु पो जस्तो लाग्छ
किनकी पर्खिएका दिनहरू सबै आए
र अब त पर्खाइको दीयोमा धैर्यताको तेल निख्रिएछ
अनि प्रकाशको रङ्ग पनि फितलो फितलो छ ।

आधा पाटो मृत छाती बोकेर हिडँछु
कुन दिनमा जिन्दगीले रहरलाई ब्युँताइदेला ?
अहँ अझै पनि प्रतीक्षा गरिरहन खोज्नु धोखा हुनेछ
कहाँ म आफूलाई अबोध बालक ठानिरहन सक्छु ।

न म पीडा सहन सक्छु
न मलाई रमाइलो मन पर्छ
एकान्तमा टक्क उभिन रूचाउँछु
चरैतिरका नजरले एकैसाथ पछ्याउछन्
उनीहरू जान्न चाहन्छन् किन म यस्तो
म बुझाइदिन खोज्छु किन तिनीहरू त्यस्तो
त्यही खराब समाज भित्रको अर्को एक अनुहार
त्यही खराब समाज भित्रको अर्को एक अनुहार

No comments:

Post a Comment