एउटा विचार
व्यक्ती—
जस्ले भन्छ ऊ नितान्त एक्लो छ
उसले एक्लोपनलाई प्रेम गरेकै हुनुपर्छ
नत्र कसरी यस्तो सम्भव हुन्छ
कि करोडौँहरूको माझ ऊ
विल्कुल, विल्कुल एक्लो रहन सक्छ ?
दैवको देन—
एउटा हाडमासुको मुढालाई लुरूलुरू जतै डो¥याउन सकिन्छ
र एक्लोपनाको विलासिनता—
निसङ्कोच जे नै गर्न सकिन्छ ।
ओशो भन्नु हुन्छ प्रत्येक व्यक्ती बुद्घ हो
उहाँ नै फेरी अर्को पुस्तकमा लेख्नुहुन्छ
प्रत्येक व्यक्ती पागल हो ।
कसरी भनी तिमी मनमा नसोच
एक्लोपनालाई पहिले प्रेम गरेर विचार ।
चन्द्र सूर्य हेर— एक्लो एक्लो
पृथ्वी पनि त्यस्तै ।
भाङको बोटहरूमा चरिरहेको उसको शरिर
र सुसेलेर बग्दै गरेको वागमती—
एक्लै एक्लै ।
एक्लोलाई कठै नभनियोस् !
जे धेरै छन् कम मूल्यका छन्
जे एउटै छ, ती अमूल्यका छन् ।
त्यसैले एक्लोपनलाई प्रेम गर्ने ऊ
र ऊसगँको मित्रता
विना मूल्यका अमूल्य छन् ।
त्यसैले त कोही पनि खोष्टाको मूल्यमा
उनीहरूलाई किन्न पाउदैँनन् ।
No comments:
Post a Comment