नठान्नु म लडेको थिएँ
नठान्नु म लडेको थिएँममाथि आकाश खसेको थियो ।
फेरि नठान्नु केही राम्रो भएन
मैले सगींत सिकेको छु
साहित्य श्रीजेको छु
अनि सबैभन्दा ठूलो त
मैले ईश्वर देखेको छु
त्यसैले त आधा छाती मारेर हिँड्दछु
बाँच्ने अभिलाशा मौलाउदैँ मौलाउन्न
किनकी जिन्दगीले सन्तुष्टी दिदैँन
देओस पनि कसरी
मविना तिमी खुसी हुनै सक्तैनौ ।
अभिनय हो अरे जिवन
तिमी खुसी भएझैँ गर्नु
म सन्तुष्ट भएझैँ गर्छु
जन्मदेखिकै तिमी एक पोख्त कलाकार
पटकपटकको मृत्युले बनाएको म एक असक्षम कलाकार
आऊ........
भयो भयो जाऊ
छुट्टाछुट्टै हामी नाटक रचौँला
No comments:
Post a Comment