Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

उदघोष

उदघोष
हटोस् हरप्रकारको द्वन्द्व हिजोकोजस्तो
र निरपेक्ष शान्ति आओस् ।
चाहन्नौ तिमी यस्तो ?

चाहन्नौ म पनि आवाज नउठाऊँ
क्रान्ती शब्द भुलूँ
र अरूझैँ कमाउनका निमित्त बाचूँ
खर्चिन मात्रका लागि होडबाजी गरूँ ?

त्यसो हो भने न्याय गर ।
मेटिदेऊ असमानता र कोरिदेऊ समता
हुनेखाने र हुदाँखानेको वीच
गुमाइरहेका र ब्रह्म्लुट गरिरहेका वीच
परिश्रम किन्ने र परिश्रम बेच्नेको वीच

लाग्दैन तारा टिपी ल्याई बाँड भन्दै छु
मात्र भन्दै छु बराबरी गर
जति छ सबैलाई पुग्छ
भोकाएकालाई धेरै देऊ
थुपारी राख्नेको खोसिदेऊ ।

कानुन त कसैको स्वार्थ मात्र न हो
चेतनाद्वारा शासन गर
शासित होऊ ।

जब विश्वको कुनै एक कुनामा म भोको छु
बेरोजगारी, महँगीका कारण नाथे रोटी कमाउन सकिरहेको छैन
किन अर्को कुनामा चन्द्रमामा पुग्न हानाथाप खर्च भइरहेछ ?
हतियार र युद्धका निमित्त जति खर्च हुन्छ
किन त्यो कृषी र उद्योगमा लगानी हुदैँन ?
किन त्यो प्रकृती संरक्षण र मानवता प्रवद्र्घनमा लगानी हुदैँन ?

माटो मेरो पनि हो
जुन तिमी आफ्नो भन्छौ
त्यसैले मैले खसालेको मतको कदर होस्
नत्र कुनै प्रकारको शासन ममाथि नहोस्

त्यसपछि तिमी मेरो राष्ट्र
र म तिम्रो नागरिक होइन ।

No comments:

Post a Comment