ओभाएको भूमीमा टेक्दाको मनोविज्ञान
अचेतनामा लुकेर रेहकी छौ
प्रत्येक रात आँखा चिम्लििन्छु
तिमीलाई सम्झिन्छु
जीब्रो लठ्याएर गएकी छौ
केही नगरी बस्न खोज्छु
तिमीलाई सम्झन्छु ।
विस्तारै नाडीमा बल फर्कदैँछ
र गोडाका डेकहरू तीव्र हुदैँछन्
लाग्छ आँखाहरू खुलेका हुन्
बन्द नै कहिले थिए र ?
उभी हेर्ने भुमीमा पहूँचहरू थिएनन्
तर अब गुनासाहरू कत्ति कतै छैनन् ।
हत्केला, पाइताला र तालु—
यी तीन छेउहरूका भरमा
इतिहास धेरै रचिएका छन् ।
लगनशीलता, परिश्रम र त्याग—
तीन यी हतियारहरूका धारमा
सभ्यता सह्रा सुरक्षित छन् ।
बुझाँउदै आफैैँलाई अघि बढ्दै जानुछ
अर्जुनका कृष्ण थिए, युधिष्ठिरका को थिए र ?
मात्र मलाई कुर्नुछ, अझ कुरिरहनु छ
ज्ञान तिखार्दै, व्यवहार सुधार्दै जगतभलोमा मरूँ भनेर ।
No comments:
Post a Comment