खोज
सोधेँ उसलाई
कतै भावनामा बहेर राख्न पो दिएको छु कि ?
तर छैन, हुदैँहैन भन्छिन् उनी
पत्याउनै प¥यो ।
खोजेँ, खोजी हिडेँ जताततै
आवेशमा आएर फालेको पो छु कि कतै ?
तर वषौँ भयो खोजेको,
भेटेकै होइन ।
अहँ गलत नबुझ !
खोज्न छोडेको छैन ।
न गाएर पो सकिएछ कि ?
सोचेँ एकान्तमा बसेर एक्लै,
तर सबै गाइसकेँ र ?
आफूलाई पनि विश्वास गर्नै प¥यो ।
छैन ।
न लेखेर पो रित्तिसकेँ कि ?
पल्टाएँ कागजहरू तर भेटिन
लेखेको भए त्यहीँ कहीँ हुन्थयो ।
लेखेकै छैन ।
कहाँ गयो ?
कहाँ हरायो ?
मेरो लापरवाही हो कि कसैको चातुर्य, के हो ?
कस्ले उजुरी टिप्छ,
अनि कस्ले खोजिदिन्छ
मेरो कवितालाई अपुरो बनाई छाड्ने
अन्तिम हरफ
अन्तिम हारको
त्यो अन्तिम शब्द ?
No comments:
Post a Comment