उमेरको दोष
पक्कै दोष पक्कै दोष उमेरको हो ।
हैन भने पूर्णिमाको रातमा पनि
किन व्याप्त हुन्छ यस्तो असन्तुष्टी ?
रातरातभरको सपनीमा ऐठन गराउने त एउटी त हुन्छिन् नै
निदाउन गाह्रो बनाउन जूनले पनि अनुहार फेर्छिन्,
सब मोहिनी ।
“भोक हो” कति मान्छन् यसो
ठीक ठान्दछु म ।
“शोख हो” कति भन्दछन् यसलाई
सही मान्दछु म ।
हार पनि हो, तर मानिन्न्
उमेर मानिन्छ
अनि जित्नको निमित्त जो दगुर्छ
विनाप्रतिस्पर्धीको हुन्छ
मित्रको नाममा बेचैनी हुन्छ
र उपहारका रित्तो मुस्कान ।
No comments:
Post a Comment