Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

उल्झन

हिजो र भोली
वीचको अनन्त खाल्डो
पुर्न आज छ यहाँ
नीजत्त्वको परिभाषा लेख्न
मध्यरातसगँ पौठाजोरी खेल्दै
अध्याँरो वा उज्यालो
सत्य के हो ?
भ्रम कुन होइन
भोली वा हिजो ?
एक प्रश्न ठीक हो
दुई अति उत्तम
तर तीन वा सोभन्दा बढी
हुन केवल उल्झन
प्रश्नका त्यान्द्रा
ले गुडँ लाउने चरी
अनिदा आखँा
ले मध्यरात हेर्छे
निल्दछे कालो
मध्यदिन सुत्छे
बाधीँ आखाँमा टालो

No comments:

Post a Comment