Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

नभका खगले लोभ्याउँछन् मन

नभका खगले लोभ्याउँछन् मन
लाचार उल्झनमा भेट्छु आफ्नो तन
जल्दैछ भाग्य सल्किरहेको खिल्लीझैँ
रून्छ कठै त्यो भिजेको बिल्लीझै
दोबाटो छेऊको बिसौनी जब भूल भइदियो
एकैछिनको लामो सुस्केरा जब भूल भइदियो
उघ्रेका आँखा भर्खरका लोभिन्छन् खगमा
दयाले पोल्छ छाती आफैँप्रति यो जगमा
एकपछि अर्को ढोका उघार्दै उल्झनको
कहिले देखूँला म उपाय सरल सुल्झनको
हेल्चेक्राई बढ्यो उमेर बढेन बुझाइगोरू
थाहै भएन कसरी बाँचियो बढेन बुझाइगोरू

No comments:

Post a Comment