Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

लालटको लेखोट

लालटको लेखोट
र पाइतालाको कोठी
एकै पक्षधर भए त ठीक

होइन त्यसो
र घम्साघम्सी हो
भने त पुर्पुरो
गुल्टिदैँ, पछारिदैँ कताकता
के के पो हुने हो ।


ताली बजाउने हत्केला
र खिज्याहटमा च्यातिने ओठ
बिलिकुल अगण्य
जस्लाई नसम्झेर नै
निको हुन्छ पीडा
त्यो घाउको
जुन भोली लाग्न सक्छ ।

सान्त्वनाका कम्जोर धाप
लागेनन् कत्ति प्यारो
आदर्शका चोट्टिलो प्रहार आफैमाथि
बरू लाग्यो नितान्त मेरो

कमाई खर्चिएर पनि
बचेका छन् धेरथोर
आत्मसम्मान
जुन भोलीका दिनमा
हुनेछन् मलम

घाम अस्ताएको भएपनि
निभिसकेको छैन अझै उज्यालो
त्यसैले नियतीलाई सुम्पन्न भविष्य
बरू सगाँल्छु आश र खोज्छु
यता, उता, त्यता पनि
अन्तिमसम्म
आफ्नो भाग्य ।

अठोट र प्रयास दृढ भए
व्यवधान सिँढी हुन् उत्कृष्टताको

बुझेरै लल्कारछु लालटको लोखोट
र पाइतालाको कोठी
चाहे एकै गठबन्धनका हुन ती
वा बेग्लाबेग्लै शक्ति ।

No comments:

Post a Comment