Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

एकता सरल उपाय हो

एकता सरल उपाय हो
तर हाम्रो स्वार्थले
हाम्रा आँखा
अन्धाएको छ
हाम्रा पुर्पुरो
बँधाएको छ
हाम्रा हात र पिठिऊँ
गधाएको छ
मेलमिलाप होइन
छलकपट थियो
हाम्रो इतिहास ।
शक्तीसघँर्षका दौरान
परायाआफन्त नभनी
रगतले फागु खेल्ने
क्रुर अधिनायक शाषकहरूका
दैनिकी हो
हाम्रो इतिहास ।
गलत कोणबाट मलाई
हेर्न लगाई
घमन्डी बनाइयो त के भो
बुझ्नेजान्ने भएपछि म आफैँले
सही कोण पहिल्याएँ
र भन्छु त्यसैले
घृणा लाग्छ मलाई
यो देशको इतिहास ।
तर
मरिसके ती दिनहरू
जलिसके सब खलपात्र
अनि बगिसके
हजारौँलाखौँ आखाँबाट
आशुँधारा
लज्जाग्नीको रापताप बुझाउन ।
त्यसैले
गौरव पनि नमानी
शरम पनि नठानी
गोल्चक्रीय समयको भूमरीले
सीमित गरिदिएको नयाँ भुगोल
र बद्लाउन नसक्ने पुरानै नाम
सहितको युगसुहाउँदो नयाँ वर्तमान
रच्न सक्ने सूत्र
एकता र मिलापको सूत्र
म सुन्न चहान्छु जपेको
जनजनले तीनका मनबाट ।

No comments:

Post a Comment