तिमीले मलाई छोडेर जादाँको दिन
दुई विकल्प मात्र बाकीँ थिए मसगँ-
सफल मानिस हुने वा असल मानिस ।
खराब भएर सफल हुनुभन्दा
असफलताको मूल्यमा असल हुनु वेश
किनकी सफल हुनु रहर हो
असल हुनु बाध्यता ।
रहर र बाध्यता सगैँ राखेर जोख्दा
तराजु कतातिर ढल्कन्छ
तिमी पनि जान्दछौ
मैले भन्नै किन पर्छ ।
तर त्यो तराजु डल्लै काल्पनिक थियो ।
मैँले मेेसो पाउँदाको दिन हल्का ढिलो भएकै हो ।
अझै पत्तो पा'छौ कि नाइ तिमीले
मलाई भन्न जरुरी नि छैन
मैले जान्न जरुरी नि छैन ।
तर तिम्रो याद आयो मध्य रातको ऐठनमा
र यो टुक्रा कुदेँर तिमीलाई सम्बोधन गर्दैछु ।
म त आफैले उधन्नेको प्रज्ञानको पछि पछि दगुर्ने गर्दछु
बिर्सिएर त्यो तराजु र त्यसले तौलने वजन ।
मान्छे भएर जन्मेपछि
गर्ने चाहिँ के रै'छ अरू
आफ्नै आत्मा आफैँले नउधिने ।
No comments:
Post a Comment