पैसाको कालो मुख, चिल्लो बोली ।
मागिन्छ आज, राखिन्छ भाका भोलि ।
फिर्ता -
नहुँदा दिने कसरी,
हुँदा किन दिन पर्यो हतार गरी ?
भागी हिँड्छ लुकी लुकी
बरू उधोँ मुन्टो पारी ।
लाज त मागेकै दिन पचिसकेको थ्यो
भाकाको दिन गन्हाउने बिकार बेइमानको ।
थुइक्क,
व्यवहार बिगार्ने हात
दु:ख भाेग्ने गाेडा !
अब त दिदिँन कसैलाई ।
भन्छु,
केहीवेरमै कस्समको ओहिरो ।
वेदनाको बिस्कुन ।
लगुन दुई कौडी,
फिर्ता नगरे पुगोस् सधैँलाई ।
रित्तो भाँडो छिटो घोप्टियो भन्लान्
तर मेरा त दैव छन्
हेर्छन् ।
No comments:
Post a Comment