खुसी लाग्यो
एउटा आँखामा चाहनार अर्कोमा बाध्यता राखेर तिमीले जोख्यौ
बाध्यताको वजन सायद थोरै मात्र बढी थियो
एक थोपा आँसू तिमीले तप्प झा¥यौ
टल्कदोँ त्यो माती दाना आँसू आह्रालो झर्दै गर्दा
मेरो लाभी औँला मैले अघि बढाएँ, सायद मभित्र लोभ बल्यो
किचिएको चाहनाभित्र मूल फुटाउने त्यो अजिव आँसूलाई
कतै यो अन्धकार दिलको कुनामा सजाई राख्ने मोह जाग्यो
तर लोभ र मोह मानिसभित्रको पाप हो
मेरो पापी दिलभित्र त्यो पवित्र थोपा आँसू
कहाँ सजिन सक्छ र, सब भ्रम हो
तिमीले त्यो आँसू आफैँ लुकाउने प्रयत्न ग¥यौ, खुसी लाग्यो
के नै गनै सक्छु र एक्लो म
देख्खादेख्दै यो सब दसा
कि तिमीले चाहनालाई मा¥यौ
र हँसायौ ढोङ्गी ओठमा बाध्यता
तिम्रो चाहनाको मर्म बुझेको भए सायद
तिम्रोलागि भगवान हुन्थे, तिमीले पुज्थ्यौ पनि
तर तिम्रो बाध्यताको घाउले चोट्टिएको छु
धेरै दुख्छ, तै नि भेट्न आउँछु
लाग्छ तिमीले विचरा त भन्छेऊ
माया त माया नै हो
पाए पनि नपाए पनि लागिरहन्छ
बदलाव केही हुन्न त्यो रूपमा
तैपनि हजारौँ अन्तिम पल्टको भोक जागिरहन्छ
सँसार एउटै हो, यस्तै छ
बटाहरू घुमाउरा छन्, समयसमयमा भेटिनेछ
सायद चुम्न अब सत्तिन होला तिमीलाई
तर त्यो हात देऊ समाउँछु,
हाम्रा सबै भोकहरू त्यसैमा मेटिनेछ
No comments:
Post a Comment