त्यो एक रात
मेरो मौनतालाई माफी दियौनिदाउनलाई यत्ति सुख काफी थियो
तर त्यो रात मेरो सपनाले निन्द्रा पाएन
आइन्दादेखि मेरो खुसीले
तिम्रो हासोँ पाउने थिएन ।
तिमी नै हो जस्तो लाग्थ्यो त्यो जून
कति सुन्दर
आफ्नै बिम्ब देखेँ त्यसमा
कति एक्लो
न इष्र्या, न हर्ष
न आरीस, न दर्द
सबै,
एकैसाथ
आ—आफ्नै डम्फू
अ—अर्कै तालमा ठोक्दै
अन्धकारभित्र अनुशासनहीन नृत्यहरू नाच्न थाले
कस्तो नग्न, कस्तो असभ्य
मेरो त निन्द्रै खोसिदियो
त्यो छाती मेरो हुन सक्थ्यो
जुन तिम्रो शीरानी भइदियो त्यस रातदेखि
चौध तारिखका दिन यदि गुलाबको कोपिला मैले
तिमीलाई थमाएर मौनताको पर्दा चिरेको भए ।
तर चौध तारिखकको तडगभडग
र कोपिला गुलाबको रङ्ग
दुबै असक्ष्म लागे
अभिव्यक्तिका लागि
म दिन चहान्थेँ तिमीलाई धेरै
र बढी मह्त्वका प्रेमहरू—
के हुन सक्छन् ?
मौनताले प्रश्नहरू उत्पादन गथ्र्यो
मगजले भरपुर उपयोग गथ्र्यो
वर्षहरू यसरी नै वृत्तमा रिङ्दैरिङ्दै बित्दथे
प्यासी तिम्रो योवनले मेरो आत्मबल कहाँ कुथ्र्याे ।
त्यस रात ऐठनमा निकै सोचेँ
भाले जब बास्यो विहान
तब चाहिँ एउटा निष्कर्षमा पुगेँ
सतहदेखि हो वा गहिराइदेखि नै हो
मौनताको भाषामा पुनहः एकपल्ट दोहो¥याएँ—
विवाहित जिन्दगीको तिमीलाई शुभकामना !
No comments:
Post a Comment