Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

ओ बोलेरो ड्राइभर

 मलाई पनि लैजाऊ, ओ, बोलेरो ड्राइभर

पछाडी तिम्रो ढालामा हालेर

यो ठाउँले मलाई लाटो बनायो

यो गाउँले मलाई गरीब बनायो ।


मलाई पनि लैजाऊ, ओ बोलेरो ड्राइभर

बाटैबाटो तिमी जाने शहर

एक पेट हो पाल्ने, एक शरीर ढाक्ने

नदेखे आफ्नाले सहूँला जस्तो कहर ।


मलाई पनि लैजाऊ, ओ, बोलेरो ड्राइभर

नसकूँला तिम्रो म भाडा तिर्न

सम्झना राखूँला नटुङ्गिएको व्यवहार

प्रत्येक सगँत करोबार होस्, जरुरी पर्दैन ।


मलाई पनि लैजाऊ, ओ, बोलेरो ड्राइभर

कस्तो हिड्नुपर्छ बाटाहरू तिमीले म हेरौँला

तिम्रो एउटा यात्रामा अर्को साथि म बनूँला 

निष्फिक्रि तिमी सल्काउनु, लगातार म बनाउँला ।

No comments:

Post a Comment