पशूपतिको किनारैकिनार भई बग्ने बाग्मतीमा
डुबुल्की मार्न लगाई
'धर्म फेरियो अब तिम्रो'
भनी वाणी गर्ने
तिमी मिसनरी,
कतिसम्म लाज पसारेको ?
के स्वार्थले तिमीले बुझ पचाएको ?
मान्छेले फरक 'देवता' मान्न सक्छन्,
तर हरेकको 'धर्म' एउटै हुन्छ । हुनै पर्छ ।
भन्नै पर्दैन ।
म त कान्तिपुर नेपाल खाल्डोको सनातनी,
देवता भेट्न मलाई कहीँ धाउनै पर्दैन ।
देवतै मेरो घरछेऊको चोकमा डेरा गरि बसेका छन् ।
देवतै मेरो हृदयमा घर बनाई बसेका छन् ।
तिम्रो पनि देऊ यशू र उनको क्रश
मन्दिरछेऊको उम्दा कुनामा प्राणप्रतिष्ठान गरेर
पूजा गर्छु, गर्न लगाउँछु । सँगै गरौँला ।
तर तिमीले धर्मको व्यापार छोड्नु पर्छ ।
No comments:
Post a Comment