गुडिरहेको पाङ्ग्रो छोप्न
हत्त न पत्त, पछि पछि
बुरुकबुरुक, नजानीनजानी
अष्टावक्री, बेढङ्गी भई
दगुर्ने मसिना, उद्धत गोडा
निर्ध्वनि थप्पडीले ताल दिई
उल्लासको अन्वेषण भित्रै गरी
सिकारु पाइला नाचेर जग हसाउँने
निस्पापी, स्वच्छन्दचारी,
चपल, पुन्टे शरिर
एक दिन, एक रात, गरेर ठूलो हुन्छ ।
हिँड्छ, लड्छ । नीजको गुलाम बन्छ ।
दिन त्यही हो, रात त्यही थियो
आफ्नो आयूलाई समय भनेर झुक्किन्छ
प्राज्ञ, प्रलापी आत्मा ।
No comments:
Post a Comment