नगाऊ प्रेमका गाना धोबी दाइ
नगाऊ प्रेमका गाना धोबी दाइ
शब्दहरूले मायालुलाई पीडा दिलाउँछ
जिस्क्याउँछ बिचरी अबोध चरीलाई
भुलाउन चाहेको इतिहास याद गराउँछ ।
सकिनन् धोबी दाइ धोबीनी भाउजूलेझैँ एक सुर गर्न
पिँजडाभित्र थुनिन तयार भइन्
भित्रै रमाइन्
साह्रा उमेर कुरिरहेँ, माया मात्र भन्थेँ म
उमेरले नै खिज्याउँछ आज
उनी अन्तै रमाइन् ।
मसानमा लडिराखेको मुढा न हुन् दिनहरू
बितिजान्छन्
तिमी आउँछौ, गाउछौँ टुङ्गयाउदैनौ एउटै गीत
हरेक दिन
नगाऊ प्रेमका गाना नगाऊ धोबी दाइ
शब्दहरूले मायालुलाई पीडा दिलाउँछ
जिस्क्याउँछ बिचरी अबोध चरीलाई
भुलाउन चाहेको इतिहास याद गराउँछ ।
No comments:
Post a Comment