युद्धविराम
नियमसगँ थियो भने त म लड्थेँ अझैँनियतसगँ !
आफ्नैहरूको फेरि
चहिन ।
युवा छाती विशाल मैदान
माक्र्सका सपना वेगले दगुर्थे—
“स्टालिन बन्नलाई लेनिनको बाटो हिँड्छु
नभए माओत्सेतुङ्को बाटो हिडूलाँ”
प्रमाणित भइसक्यो लडाइ नियमसगँको रहेनछ कहिल्यै
दुश्मन पनि परका होइनन् रहेछ
एकै समाजभित्र मरेरमारेर हुने केही होइन
सदभाव, मिलापवाहेक औषधि पनि केही छैन ।
जानेका, बुझेका छन् सबले हिजोआज
सबुतः समस्याहरू झन जटील अफ्ट्यारा छन्
त्यसैले चेतना जरुरी होइन
अनुशासन हो ।
तर म बबुरालाई सुन्ने को?
कहाँ पो गएर बोल्नुपर्ने हो ?
म लड्न चाहन्न
मिल्दैमा हारिन्न
प्रकृती मेरी हुन्—रमाउँला ।
शव्दहरू मेरा हुन्— कोरौँला ।
No comments:
Post a Comment