Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

उज्यालोमा दैव हुदैँन र

उज्यालोमा दैव हुदैँन र

उज्यालोमा दैव हुदैँन र
कि भ्रम मात्र हो ?
हेर त त्यो जून
सानो छ, एउटै छ
तर पनि भरजगत दृष्टी दिइरहेछ ।
उज्यालो दिने त्यो जून दैव होइन र ?

थाहा छ ऊ मेरोलागि कहिल्यै होइन
तैपनि म हेर्न मन पराउँछु
परीझैँ उनको मोहिनी रूप
र अधरमा सजिएको लजालु मुस्कान ।

सम्झनामा डुबिबस्नु प्रेम हुदैँन
प्रेम त व्याहार हो जसको नियत लुक्दैन
उनी सधैँझैँ हिजो पनि गगनमा आइन्
र म कल्पनामा डुबी बसेँ
त्यती एक्ली हुदाँ पनि किन खुसी देखिन्छन् उनी,
उनको कारण मेरो चित्त नदुखोस् भनी होइन र ?

No comments:

Post a Comment