Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

उत्तर छैन, प्रष्ट छ

उत्तर छैन, प्रष्ट छ
तर पनि अपेक्षाग्नीमा भतभतिएर मन
किन सोधिरहन्छ ?
उभो हेर्छु
मौसमको बदलीसगैँ
बादलका रगँ र आकार बदलिन्छ
नबुझी म भने विश्लेषणमा होमिन्छु
र गलत निचोड पकडी
छोटो बुद्धीको भूमरीमा
ह्वात्तै होमिन्छु ।
आत्महत्या रोजाइ भएन कहिल्यै
बरू वितृष्णा जरूर भयो जिन्दगीदेखि
मृत्युदेखि पनि ।
छोडेँ सुनाउन व्यथा
किनकी हासोँले बिकाउँछ
र म आफूलाई पनि बेचिनुछ ।
व्यापारको सिल्सिलामा
लामो बाटो बजारको डुलिहिँडदा
बेस्सरी थाकेको छु ।
छोटो बाटो जिन्दगीको
आँखासामुन्ने आफैँलाई
कुरिबसेको छ ।
तर म भने ठीगँ
गाडिएको बिजुलीको पोलझै
साइत नै हो कि के हो
कुरी बसेको छु ।

No comments:

Post a Comment