(क)
प्रत्येक दिनको आरम्भ
र समापन
दुवै
प्रत्येक दिनको आरम्भ
र समापन
दुवै
हुन्छ
दिई दागबत्ती
यी चुरोटका खिल्लीहरूलाई ।
दिई दागबत्ती
यी चुरोटका खिल्लीहरूलाई ।
(ख)
भएन कोही साथी
हर्ष विस्मात
बाँड्ने
भएन कोही साथी
हर्ष विस्मात
बाँड्ने
सरोबरी
मनमुटू बाँध्ने
धूवाँको डोरीलेझै गरी ।
मनमुटू बाँध्ने
धूवाँको डोरीलेझै गरी ।
(ग)
एक खिल्लीले मिनेटौँभरको
आयू खोसी
लाने
एक खिल्लीले मिनेटौँभरको
आयू खोसी
लाने
भए
फेरेका श्वासहरू
हुन बोनस जिन्दगी ।
फेरेका श्वासहरू
हुन बोनस जिन्दगी ।
(घ)
देखियो जानियो सिकियो
आदतै पर्यो
भोगको
देखियो जानियो सिकियो
आदतै पर्यो
भोगको
दम ब्रोन्काइटिस क्यान्सर
अखडा छाती
रोगको ।
अखडा छाती
रोगको ।
(ड)
सल्कायो तान्यो मिल्कायो
अनगिन्ती दिनभर
निसन्देह
सल्कायो तान्यो मिल्कायो
अनगिन्ती दिनभर
निसन्देह
अँध्यारो
जब सुत्छ
अन्तिम सर्को तर्साउँछ ।
जब सुत्छ
अन्तिम सर्को तर्साउँछ ।
(च)
भयो बाबाठाकुर पुग्यो
तान्दिन भोलीबाट
चुरोट
भयो बाबाठाकुर पुग्यो
तान्दिन भोलीबाट
चुरोट
भन्दै
हररात निदायो
विहान ज्या भुसुक्कै ।
हररात निदायो
विहान ज्या भुसुक्कै ।
No comments:
Post a Comment