Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

एउटा उद्दण्ड मनोवाद

लगभग आधा उमेर जिन्दगीको
खाई भ्याइसक्दै गर्दा
आज एउटा उद्दण्ड मनोवाद
ढ्याग्ँरो पिटेर होहल्ला गर्दै
मन अनि मस्तिष्कमा
बितण्डा मच्चाउँदै छ ।
एकपल्ट चिच्याउँछ
मानवीय संवेदना साटासाट गराउने
शब्दहरूको एकाई अक्षर हो ठूलो
अर्को पल्ट आफैँ तर्क गर्छ
ढुगेँ युगबाट घस्रदैँ गरेको सभ्यतालाई
बेजोडले धकेली विज्ञानको चरमविन्दुसम्म
ल्याइपुर्याउने अकँहरू हुन्
महान आदीम मानवीय आविष्कार ।
अक्षरहरूको संयोजन शब्दकोषभित्र सीमित छ
अकँहरू अनन्त छन् ।
एउटा भावनाका, अर्को परिमाणका निमित्त !
दुबैको उद्देश्य बेमेलकारी छन्
अनि आज अनायासै
तँभन्दा म गजबभन्दै
दुवै पक्षधर युद्धमैदानमा होमिएर
वार कि पार अन्तिम लडाई
लडी मर्छु भन्दै छन् ।
अकँका पछिल्तिर साससासमा दगुरी
जिन्दगी रित्याउने मानिस म
मान्छु एक मन
अकँ हो सर्वोच्च ।
तर फेरी सोच्छु
ब्रह्माणडको कल्पनामा आविष्कारित
सम्पूर्ण अकँहरूका उद्गम विन्दु
र एउटै सत्य अकँ शून्य
जसभित्रको मपाईराजमा लिप्त
भ्रमकारी अनेकौँ र अनन्त,
विल्कुल विशेषणमात्र ती अकँहरू
होइनन् सबथोक ।
म सोच्छु
र म सोच्छु शब्दहरूमा-
नामपदमा, क्रियापदमा
र व्याकरणका सम्पूर्ण पदहरूमा
त्यसैले हार्छन् अकँटोली
र जित्छन् अक्षर
आज अनि भोली
आह् ! आह् !!
सधैँभरी ।

No comments:

Post a Comment