Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

निहुरियो ऊ

निहुरियो ऊ
हो शिर झुकाएर
धक फुकाएर
चित्त बुझाएर
निहुरियो ऊ ।
निर्विकल्पी भएर होइन
उपायहरू थिए ऊसगँ
ऊ भागेर उम्कन सक्थ्यो
वा उभोँ शिरको ढोङ गर्न सक्थ्यो
तर सत्यसगँ सत्य नै भई
सामना गर्ने साहस थियो
र त सूर्यलाई धर्तीमा हेर्न
चार पर्खालभित्रको तलाऊ किनारामा 
निहुरियो ऊ ।
लज्जित सूर्य थिएन
किन होओस् ऊ ?
तेजस्वी उसका आँखाका चमक उस्तै थिए
र म साक्षी छु, मेरा शब्दहरू साक्षी छन्
उ पराजित थिएन ।
“पराजय आत्मामा हुन्छ
न कि परिस्थितीमा”
उसका ओठका कम्पनले यसै भन्न खोज्थे
नझिम्किएका उसका परेली सङ्ल्पको प्रतीज्ञा गर्थे
म साक्षी छु, मेरा विश्वास साक्षी छ
ऊ त्यसै किनारामा थकाइ मारेर
पुर्नउर्जीत भई “दाइ म फेरि आएँ” भन्दै आउने छ
र मेरो सामुन्ने बन्द पिजँडाभित्रका वेदनालाई हासीँहासीँ
नसालु धूवाँ निल्दै बेलिविस्तार लगाउने छ ।
यहाँ प्राय यस्तै हुन्छ
गलत बाटो हिँड्र्न नखोज्नेलाई बाध्य पारिन्छ
र कालान्तरमा बाध्यता नै अभ्यस्त बनिदिन्छ ।
तर ऊ जति नै आयू
पिजँडाभित्र बिताए पनि
मकहाँ आउनेछ र भन्ने छ,
हासीँ हासीँ, नसालु धूवाँ निल्दै,
“स्वतन्त्रता वा बन्धन
केवल मानसिकता हो दाइ परिस्थिती होइन
र कैदी हुदाँ मैले ब्रह्माण्ड चहार्ने फुर्सत पाएँ
इन्द्रसगँ सोमरस पिएँ
शिवसगैँ लठ्ठिए
मार्क्ससगँ साक्षातकार गरेँ
लेनिनसगँ विचार, माओसगँ हात मिलाएँ
देवकोटालाई चिनेँ
सिद्घिचरणलाई पुजेँ
र दाइ म पहिलेजस्तो रहिन
म फेरिएँ”
अनि सुनाउनेछ मलाई
उसले लेखेका दर्जनौँ कविता ।

No comments:

Post a Comment