मातेको बोतल
हातमा मस्त नचाउँदै
मुखारविन्दुबाट
जमानाविरोधी गाना गाउँदै
लमकलमक
दायाँ खुट्टा बायाँ
बायाँ खुट्टा दायाँ
घरसम्म त आइपुग्छु
तर देख्छु
आज पनि
मूल ढोकामा ताल्चा
भोटेनीको नाकको बुलाकी जत्रो
यत्रो !
सुरक्षाको घोर भरोसाले
मारिएको हुन्थ्यो होला साँचो
तर के छेक्थ्यो मलाई
पर्खाल उक्लिदिन्छु म
ढोकाको तालाले रोकिनेछेकिने त
सज्जनहरू मात्र न हुन्
हातमा मस्त नचाउँदै
मुखारविन्दुबाट
जमानाविरोधी गाना गाउँदै
लमकलमक
दायाँ खुट्टा बायाँ
बायाँ खुट्टा दायाँ
घरसम्म त आइपुग्छु
तर देख्छु
आज पनि
मूल ढोकामा ताल्चा
भोटेनीको नाकको बुलाकी जत्रो
यत्रो !
सुरक्षाको घोर भरोसाले
मारिएको हुन्थ्यो होला साँचो
तर के छेक्थ्यो मलाई
पर्खाल उक्लिदिन्छु म
ढोकाको तालाले रोकिनेछेकिने त
सज्जनहरू मात्र न हुन्
No comments:
Post a Comment