Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

उडेर जा चरी, फर्केर कहिल्यै नआइजो

 उडेर जा चरी, फर्केर कहिल्यै नआइजो ।

रोदन बिक्छ बजारमा, दर्शनकाे छैन खाँचो ।।

तेरो गीत श्रोताविहिन घन्कने  पिपलपाते सिरीरी...।

गोठालाेले डिङ्गालाई सुनाउने मुरलीको तिरीरी...।।


खर्चनलाई कमाउँदा कमाउँदा ठीक्क छ योवन ।

बेच्नु-किन्नु ठीक्क छ आधुनिक समाजको जीवन ।।

मरिहत्ते गर्छन्, पैसै समाधान हो भन्ने विज्ञापन जताततै ।

डर, लिप्सा, काम, आदि भावनाको नम्बरी व्यापार यतैउतै ।।


सद्भाव,भातृत्वको तेरो तीर्खा मेट्ने पेय विक्रेता छैन कोही ।

द्रब्यपिपासु बीच छस्, तँलाई सुन्ने फुर्सद याँ कस्लाई होई ?।


------

मलाई नपरुञ्जेल म चुप, मलाई पर्दा अरू चुप ।

मेरो, हाम्रो घोर चुपचापमै चलेको छ सब ब्रह्मलुट ।।

जनताका छोराले जनताका छोरा छक्काउछन् ।

अचेतनामा आलोपालो सन्तानको निधार कल्याउँछन् ।।


नदुखा चित्त, ए मेरो राजा, नगर सानो मन ।

तँ मात्र होइन, कोट्याई हेर छानो, दुखी सकल जन ।।


-----

उडेर जा चरी, फर्केर कहिल्यै नआइजो ।

रोदन बिक्छ बजारमा, दर्शनकाे छैन खाँचो ।।

तेरो गीत श्रोताविहिन घन्कने  पिपलपाते सिरीरी...।

गोठालाेले डिङ्गालाई सुनाउने मुरलीको तिरीरी...।।

No comments:

Post a Comment