Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

बेहिसाब मृत्युहरू

 यो गर्नु छ, त्यो गर्नु छ

त्यहाँ पुग्नु छ, फलाना भेट्नु छ

अहिल्यै हिँड्नु छ, भरे फर्कनु छ  

कमाउनु छ, किन्नु छ

दिएको  थिएँ, लिनु छ 

बोलेको छु, पुर्याउनु  छ 

उद्देश्य थियो, जित्नु छ

म छु, मेरो योजना छ

माथि दैव छन्, 

मन्द मुस्कान दिन्छन् छड्के शीर

आँखा झिमिक् झिमिक 


यहाँ आकाश मृत्युलाई बल्छी थापेर बसेको छ

यहाँ सडक मृत्युलाई बल्छी थापेर बसेको छ

यहाँका खोलानाला, तालहिमताल मृत्युकै भोका छन् 

यहाँका भीरपहाड, पाखापहारा मृत्युकै भोका छन्


हिजोको समाचारमा पनि मृत्यु, 

आजको समाचारमा पनि मृत्यु,

यस्तो लाग्दैन ती पर छेकडा ताक खोजी बसेको छ मृत्यु,

नरभक्षी चितवनको बाघ जस्तो ?


जिन्दगी सस्तो छ जहाँ, बेहिसाब मृत्युहरू कतिकति

महँगा योजनाहरू, अमूल्य सपनाहरू

नबोक्दा खेरी भारी, बोक्दा खेरी व्यर्थै ।

No comments:

Post a Comment